बहुमूल्य गर-गहनासहित लाखौँ रुपियाँको चोरी

सिलगढी : फुलबारी 1 नम्बर ग्राम पञ्चायत संलग्न सिपाहीपाड़ा इलाकामा चोरीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार हिजो बेलुकी घरमा कोही नभएको फाइदा उठाएर उक्त घरको खिड्कीको ग्रिल काटेर केही दुष्कृतिहरू घरभित्र पसेर अलमारी भत्काएर त्यहाँ राखिएको बहुमूल्य सुन र चाँदीको गर-गहनासहित नगद एक लाख दस हजार रुपियाँ चोरी गरेको बताइएको छ। आज घरका मालिक अनुकुल तरफदारले यस घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *