बहुतले भवनबाट झरेर युवकको मृत्यु

मिरिक : मिरिकको कृष्णनगरस्थित एउटा भवनमा आज बिहान रङ्ग लगाइरहेको समय माथिबाट झरेर एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार भानुटोल निवासी राजीब गुरुङ नाम गरेका युवक पेशाले रङ्ग कर्मी हुन्। आज बिहान राजीबले मिरिकको कृष्णनगरस्थित एउटा भवनमा रङ्ग लगाइरहेको समय बाँस भाँच्चिदा माथिल्लो तल्लाबाट झरेर गम्भीर रूपमा घाइते भए। गम्भीर घाइते अवस्थामा तिनलाई तत्कालै उद्धार गरेर नजिकै रहेको मिरिक स्वास्थ्य केन्द्रमा लगे तापनि अस्पताल पुग्न अघि नै तिनको मृत्यु भइसकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *