वैध कागजपत्र नभए वाहन चलाउने अनुमति नपाउने

सिलगढी : वैध कागजपत्र नभए वाहन चलाउने अनुमति नपाउने श्रमिक नेता प्रशनजीत रायले बताए। एनजेपी स्टेसन संलग्न विभिन्न स्ट्यान्डमा 6 चक्का, 10 चक्का रहे तापनि तीमध्ये धेरैजसो वाहनको सटीक कागजपत्र नरहेको बताइएको छ। सटीक वैध कागज-पत्रविहीन धेरैजसो वाहनहरूमा सर-समान लादेर लैजाने गरिन्छ। यसैले अबदेखि सटीक कागजपत्रविहीन वाहन चलाउने अनुमति नदिने निर्णय लिएको एनजेपी शाखाको आईएनटीयुसी अध्यक्ष प्रसनजीत रायले बताए। यस विषयबारे तिनले परिवहन कार्यालयमा कुराकानी गरिसकेको साथै परिवहन कार्यालयले यसबारे उचित पदक्षेप ग्रहण गर्ने आश्वासन दिएको तिनले बताए। दीर्घदिनदेखि एनजेपीबाट चल्ने धेरैजसो वाहनहरूको सटीक कागजपत्र नभएकोले गर्दा चालक तथा खलासीले निक्कै असुविधाको सामना गर्न परिरहेको तिनले बताए। यसको साथै दुर्घटनाग्रस्त भएपछि सटीक कागजपत्र नभएको कारण मृत चालक तथा खलासीका परिवारका सदस्यहरू बीमाबाट वञ्चित हुने गरेकोले गर्दा नै उक्त निर्णय लिएको तिनले बताए।


This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *