वैज्ञानिक एकलव्य शर्मा पद्मश्री अवार्डले सम्मानित गरिने, विधायक शङ्कर घोषले दिए शुभकामना

सिलगढी (निसं): लामो समयदेखि विज्ञान तथा टेक्नोलजी क्षेत्रमा पुर्‍याएको अभूतपूर्व योगदानको लागि खरसाङको सन्त मेरिज निवासी विशिष्ट वैज्ञानिक एकलव्य शर्मालाई केन्द्र सरकार पद्मश्री अवार्डले सम्मानित गर्ने भएको छ। एकलव्य शर्माले पद्मश्री अवार्ड पाउने खबरले पहाड तथा समतलमा खुशीको लहर छाएको छ। एकलव्य शर्मालाई पद्मश्री अवार्डले सम्मानित गर्ने घोषणा हुनसाथ आज बिहान सिलगढीका विधायक शंकर घोष तिनको घरमा पुगेका थिए। विधायकले वैज्ञानिक एकलव्य शर्मालाई खदा लगाई दिएर पद्मश्री अवार्डको लागि शुभकामना पनि दिए। यस अवसरमा विधायक शङ्कर घोषले भने, नर्थ बंगालबाट वैज्ञानिक एकलव्य शर्माले पद्मश्री अवार्ड पाउने भएका छन्। यो गर्वको विषय हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *