सिलगढी : बैकुण्ठपुर बडा फापरीस्थित लोकनाथ मन्दिरमा चोरी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति केही दुष्कृतिहरूले मन्दिरको सीसीटीभी कनेक्सन काटेर मन्दिरको ताला भत्काएर मन्दिरको दानपात्र लिएर चम्पट कसेको बताइएको छ। यसभन्दा अघि पनि उक्त मन्दिरमा 3 पल्ट चोरी भइसकेको छ। आरोपीलाई चाँडै पक्राउ गरिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।