बैकुण्ठपुर जङ्गलबाट अज्ञात व्यक्तिको झुण्डेको अवस्था शव उद्धार

सिलगढी : बैकुण्ठपुर जंगलबाट आसिघर आउटपोस्ट पुलिसले आज रुखमा झुन्डिरहेको अवस्थामा एकजना अज्ञात व्यक्तिको शव उद्धार गरेको छ। पुलिसले उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रअनुसार मृतक व्यक्तिबाट कुनै पनि पहिचान पत्र फेला नपरेकोले गर्दा शव चिन्हित हालसम्म गर्न नसकिएको बताइएको छ। स्मरण रहोस्, गत 2 हफ्ताको अवधि सिलगढीमा 3 जना अज्ञात व्यक्तिको शव सिलगढी मेट्रोपोलिटन पुलिस उद्धार गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *