बैकुण्ठपुर जङ्गल संलग्न शिवनाथपाडामा हात्तीको ताण्डव, 4 वटा घर क्षतिग्रस्त

राजगञ्ज : राजगञ्ज ब्लक अन्तर्गत आमबारी  बैकुण्ठपुर जङ्गल संलग्न शिवनाथपाडामा हात्तीको हमलामा 4 वटा घर क्षतिग्रस्त बनेको छ। उक्त घटनापछि इलाकावासी आतङ्कित बनेका छन्। प्राप्त जानकारी अनुसार गत राति 2 वटा हात्तीले शिवनाथपाडामा ताण्डव मच्चाएर 4 वटा घर क्षतिग्रस्त बनाइदिनको साथै घरमा रहेको चामल-दाल लगायत अन्य सामग्रीहरू खाइदिएको बताइएको छ। इलाकाका मानिसहरूले कुनै प्रकारले घरबाट बाहिर निस्केर आफ्नो प्राण बचाए। घटनाको खबर पाएर आमबारी रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेका थिए। स्थानीय बिट अफिसरले बताएअनुसार जङ्गलमा खानेकुरोको कमीले गर्दा आहारको खोजीमा हात्तीहरू आवासीय इलाकामा पस्ने गर्दछ। गत राति पनि 2 वटा जङ्गली हात्ती शिवनाथपाडा इलाकामा पसेर 4 वटा घरमा ताण्डव मच्चाएको छ। क्षतिग्रस्त परिवारलाई वन विभागले नियम अनुसार सहयोग गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom