बाइसनको हमलामा कालचिनीको डिमा चियाकमानका श्रमिक घाइते

कालचिनी : कालचिनी ब्लकको डिमा चियाकमानमा बाइसनको हमलामा बसन्त तेली नाम गरेको एकजना चिया श्रमिक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान डिमा चियाकमानमा एउटा बाइसन पसेर एकजना श्रमिकमाथि हमला गर्दा तिनी घाइते भएका छन्। घाइते अवस्थामा तिनलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगेपछि त्यहाँबाट तिनलाई अलिपुरद्वार जिल्ला अस्पतालमा स्थानान्तरित गरिदिएको छ। चियाकमानमा लगातार बाइसनको हमलाले गर्दा चिया श्रमिकहरू आतङ्कित बन्न पुगेका छन्। घटनाको खबर पाएर बक्सा ब्याघ्र प्रकल्पका वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त बाइसनलाई पक्रिने प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *