वैष्णवी प्रोडक्शनले विभिन्न क्याटगोरीमा सङ्गीत अवार्ड दिने

दार्जिलिङ: वैष्णवी प्रोडक्शनको तत्वावधानमा आयोजना हुने दोस्रो म्युजिक दार्जीलिङ अवार्ड-2021-को लाइफ टाइम अचिभमेन्ट अवार्ड संगीतकार दीप वाइबालाई प्रदान गरिने घोषणा गरियो। यसका साथै अन्य 8 वटा क्याटगोरीमा अवार्ड दिने घोषणा पनि गरिएको छ। जसमा बेस्ट सङ्ग अफ् द इयर, बेस्ट मेल-फिमेल सिङ्गर, बेस्ट लिरिक्स, बेस्ट कम्पोजर, बेस्ट एरेञ्जमेन्ट, न्यू कमर र बेस्ट म्यूजिक भीडियो सामेल रहनेछन्। यसको लागि भारतभरिका नेपाली गीत-संगीतसित सम्बन्धित इच्छुक प्रार्थीहरूले आगामी 10 जनवरी 2022-सम्म नोमिनेशन फाइल गर्ने सक्ने बताइएको छ। नोमिनेशन फाइल गर्ने इच्छुकहरूले वैष्णवी प्रोडक्शन दार्जिलिङसित सम्पर्क गर्न सक्ने विनय शंकरले पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *