बैठकपछि ट्रकहरू भोलिदेखि चल्ने निर्णय

खरसाङ : गत केही दिनदेखि बन्द रहेको ट्रकहरू भोलि बिहीबारदेखि खोलिने भएको छ। आज दार्जिलिङ ट्रक ड्राईभर एसोसिएशन र दार्जिलिङ जिल्लापालमाझ सिलगढीको सर्किट हाउसमा बसेको सभामा जिल्लापालद्वारा आगामी 15 दिनको अवधिमा ट्रक चालकहरूको समस्यालाई लिएर सिलगढी कमिश्नरेटसित सभा गर्ने चाजो मिलाउने तथा नो एन्ट्रीको समय पनि तोकिएको कारणले भोलि बिहीबारदेखि ट्रकहरूको ‘कि डाउन’ कार्यक्रमलाई ट्रक चालकहरूले फिर्ता लिएर खोलिएको दार्जिलिङ ट्रक ड्राईभर एसोसिएशनको महासचिव चन्दन छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *