बकाया वेतनको मागमा विक्षोभ प्रदर्शन

सिलगढी : बकाया वेतनको मागमा सिलगढीको बीएसएनएल जेनरल म्यानेजरको कार्यालयमा बीएसएनएल कन्ट्र्याक्टर्स वर्कर्स युनियन (पश्चिमबङ्ग)-का सदस्यहरूले आज विक्षोभ प्रदर्शन गरे। संगठनका सदस्यहरूले बताएअनुसार लगभग 14 महिनाको बकाया वेतनको मागमा गत 13 जुलाईमा अधिकारीहरूसित एउटा बैठक गरेपछि आगामी 10 दिनको अवधिमा बकाया वेतन दिइने बताइएको थियो। तर हालसम्म पनि बकाया वेतन नदिइएकोले गर्दा आज युनियनका सदस्यहरूले विक्षोभ प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *