बकाया वेतनको मागमा कुचबिहार नगरपालिकाका अस्थायी कर्मचारीहरूद्वारा विरोध प्रदर्शनी

कुचबिहार : कुचबिहार नगरपालिकाका अस्थायी कर्मचारीहरूले बकाया वेतनको मागमा यहाँको कछारी मोड़मा पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। अस्थायी कर्मचारीहरूको भनाइअनुसार गत 4 महीनादेखि वेतन नपाएकोले गर्दा आज आफूहरूले पथ अवरोध गरेर लगभग 1 घण्टासम्म  विरोध प्रदर्शनी गरेको हो। पुलिसको आश्वासनपछि प्रदर्शनकारीहरूले उक्त पथ अवरोध हटाए। यदि उक्त समस्याको समाधान आउँदो मंगलबारसम्म नभए बुधबारदेखि फेरि आन्दोलन शुरू गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *