बकाया वेतनको मागमा बीएसएनएल-का कर्मचारीद्वारा सिलगढीमा आन्दोलन   

सिलगढी : बकाया वेतनको मागमा अस्थायी कर्मचारीहरूले भारत सञ्चार निगमको विभिन्न विभागअघि विक्षोभ प्रदर्शन गरिरहेका छन्। यसै क्रममा सिलगढीमा पनि बीएसएनएल कर्मचारीहरूले भारत सञ्चार निगमअघि लगभग 12 दिनदेखि काम बन्द गरेर आन्दोलन गरिरहेका छन्। प्रदर्शनकारीहरूको आरोप अनुसार गत 16 महिनाको वेतन बकाया रहेको छ भने यसबारे बारम्बार कर्तृपक्षलाई अवगत गराए तापनि कुनै पहल गरेको छैन। यसैले बाध्य भएर गत 1 नोभेरम्बरदेखि तिनीहरूले आन्दोलन गरिरहेका छन्। बीएसएनएल-का अस्थायी कर्मचारीहरूले बताएअनुसार काम बन्द गरेकोले गर्दा साधारण मानिसहरूलाई जुन समस्या भइरहेको छ त्यसको लागि पूर्ण रूपमा म्यानेजमेन्ट दोषी रहेको छ। बकाया वेतनबारे बारम्बार म्यानेजमेन्टलाई अवगत गराए तापनि हालसम्म आफूहरूले वेतन पाएका छैनौँ। दार्जिलिङका सांसदले पनि पुजा अगावै समस्याको समाधान गर्ने आश्वासन दिए तापनि हालसम्म यसको कुनै समाधान भएको छैन। आफूहरूको माग पुरा नगरेसम्म आन्दोलन जारी रहने अस्थायी कर्मचारीहरूले चेताउनी दिएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *