बकाया वेतनको मागमा चियाश्रमिकहरूद्वारा म्यानेजर घेराउ, विक्षोभ प्रदर्शन

अलिपुरद्वार :  बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै आज चियाश्रमिकहरूले कमानका म्यानेजरलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। उक्त घटना अलिपुरद्वार जिल्लाको कालचिनी चियाकमानमा घटेको हो। कालचिनी चियाकमानका श्रमिकहरूले 2 महिनादेखि वेतन पाएका छैनन्। यसैले आज तिनीहरूले काम बन्द गरेर बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै कमानको फ्याक्ट्री अघि म्यानेजरलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। श्रमिकहरूले बताएअनुसार 2 महिनादेखि आफूहरूले वेतन पाएका छैनौँ। कमान कर्तृपक्षले समयमा वेतन दिँदैन। चाँडै बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै आज आफूहरूले विक्षोभ प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *