बकाया वेतन लगायत विविध मागलाई लिएर पश्चिमबंग सिक्युरिटी वर्कर्स युनियन-द्वारा विक्षोभ

सिलगढी : बकाया वेतन लगायत विविध मागलाई लिएर पश्चिमबंग सिक्युरिटी वर्कर्स युनियनले आज सिलगढी पलिटेक्निक कलेजको मुख्य गेट अघि विक्षोभ प्रदर्शन गर्यो। विक्षोभकारीहरूको आरोप अनुसार लगभग 2 महिनादेखि तिनीहरूले वेतन पाएका छैनन्, सिक्युरिटी वर्कर्सलाई वर्षमा 2 वटा युनिफर्म दिने कुरा गरे तापनि काममा नियुक्ति पाएपछि केवल एकपल्ट मात्र तिनीहरूलाई युनिफर्म दिएको बताइएको छ। यी सबै मागलाई लिएर आज पश्चिमबंग सिक्युरिटी वर्कर्स युनियनले विक्षोभ प्रदर्शन गर्नको साथै प्रदर्शनकारीहरूले पोलिटेक्निक कलेजका कर्तृपक्षलाई एउटा ज्ञापन पत्र पनि चढाए। आगामी 14 दिसम्बरसम्म तिनीहरूको माग पुरा नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *