बकाया वेतन तथा कामको मागमा हाँसीमारा वायुसेनामा कार्यरत श्रमिकहरूद्वारा विरोध प्रदर्शन

हाँसीमारा : बकाया वेतन तथा कामको मागलाई लिएर हाँसीमारा वायुसेनामा ठेकेदारको अधीनमा कार्यरत श्रमिकहरूले विरोध प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार उक्त श्रमिकहरूले आज बिहानैदेखि हाँसीमारा सुपारी गेट इलाकामा विरोध प्रदर्शन गरिरहेका छन्। ती श्रमिकहरूले इञ्जिनियरको वाहन रोकेर विरोध प्रदर्शन गरे। श्रमिकहरूको भनाइअनुसार हाँसीमाराको एउटा ठुलो कम्पनी अन्तर्गत तिनीहरूले वायुसेनामा काम गरिरहेका छन् भने गत तीन महीनादेखि तिनीहरूले वेतन पाएका छैनन्। उक्त कम्पनीले आफूहरूलाई वेतन नदिएको साथै हाल आफूहरूको बद्लीमा बाहिरबाट श्रमिकहरू ल्याएर कम्पनीको काम गराइरहेको प्रदर्शनकारी श्रमिकहरूको आरोप रहेको छ। यसैले चाँडोभन्दा चाँडो बकाया वेतन भुक्तान गर्ने साथै आफूहरूलाई काममा फर्काइ ल्याउने माग गर्दै उक्त विरोध प्रदर्शन गरिएको बताइएको छ। यस सम्बन्धमा कम्पनीका इञ्जिनियरले श्रमिकहरूको 1 महिनाको वेतन बकाया रहेको साथै चाँडै उक्त राशि भुक्तान गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *