बकाया बिजुलीको बिलमा छुट दिने निवेदन गर्दै नयाँ स्पोर्टिङ क्लब, खरसाङको तर्फबाट मुख्यमन्त्रीलाई पत्राचार

खरसाङ : गत 2008 देखि 2011 सम्म चलेको गोर्खाल्याण्ड आन्दोलनकालको बकाया रहेको बिजुलीको आउटस्ट्‌यान्डीङ बिल भुक्तान सम्बन्धि सरकारको निर्देशलाई लिएर नयाँ स्पोर्टिङ क्लब, खरसाङको पक्षमा दिसम्बर 2021 सम्म रहल रहेको बिल भुक्तानका बारेमा गहन रूपमा विचार विमर्श गर्दै खरसाङ नगरपालिका अन्तर्गतका विभिन्न संघ-संस्थाहरूसित गत 12 मार्च अनि 26 मार्चको दिन खरसाङको राजराजेश्वरी हलमा दुइवटा सभा बसेको थियो। उक्त सभामा क्लबले संयुक्त रूपमा सर्वसम्मतिले- लिखित रूपमा राज्य सरकार समक्ष प्रामाणिक दस्तावेजसहित बकाया बिलमाथि पुनर्विचार गर्ने अपील गर्ने निर्णय लिएको थियो।


यसै अवसरमा क्लबले राज्यका मुख्यमन्त्री अनि सम्बन्धित निकायका मन्त्रीहरू लगायत निर्देशकहरूसित आन्दोलन कालको बिजुलीको बिल धेरै रकम देख्नमा आउँदैछ र त्यसको दायित्व साधरण जनताको नभएर तत्कालिन आन्दोलनकारी दल अनि तत्कालीन सरकारको रहेको तथ्य उल्लेख गरेर पत्राचार गर्ने निर्णय गरेको छ। उक्त उल्लेखित सभाहरूमा उपस्थित खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर एकदेखि बीसका संघ-संस्थाहरूले सामुहिक रूपमा स्पिङ पोस्टमार्फत् पत्राचार गरिसकेका छन्‌। पत्रमा सभामा पारित भएझैं सम्पूर्ण पहाड़वासीको काँधमा बोझ भइरहेको बकाया बिलमा छुट दिने निवेदन राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी, सम्बन्धित विभागीय मन्त्री अनि विभागीय निर्देशकहरूमा गरिएको छ। सरकारले यसबारे संज्ञान लिँदै जनसाधारणको पक्षमा उक्त बकाया आउटस्ट्‌यान्डीङ बिलमा छुट प्रदान गर्नेछ भनी क्लबले आशा गर्दै क्लबको पक्षमा अमित प्रधानले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *