बकाया डीए भुक्तान गरिनुपर्ने माग गर्दै सिलगढी गर्ल्स हाई स्कुलमा शिक्षिकाहरू हडतालमा

सिलगढी : बकाया डीए प्रदान गरिनुपर्ने माग गर्दै सिलगढी गर्ल्स हाई स्कुलका धेरैजसो शिक्षिकाहरू हडतालमा बसेका छन्। राज्यभरिमै बकाया डीए प्रदान गरिनुपर्ने माग गर्दै सरकारी कर्मचारीहरूले लगातार आन्दोलन गरिरहेका छन्। यसै क्रममा आज सिलगढी गर्ल्स हाई स्कुलमा शिक्षिकाहरूले हडताल पालन गरे। शिक्षिकाहरूले आज प्रथम क्लास लिएपछि हडताल शुरू गरिन्। सिलगढी गर्ल्स हाई स्कुलकी प्रधान शिक्षिका अत्युहा बाग्चीले बताएअनुसार शिक्षिकाहरूले डीए-को मागमा हडताल गर्छन् भन्ने विषयमा आफूलाई थाहा थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *