बकाया डीए र सरकारी कार्यालयमा पारदर्शी भर्ना गरिनु पर्ने मागमा सङ्ग्रामी संयुक्त मञ्चद्वारा रेली

सिलगढी (निसं): बकाया डीए अनि सरकारी कार्यालयहरूमा पारदर्शी ढंगमा भर्ना गरिनु पर्ने माग गर्दै सङ्ग्रामी संयुक्त मञ्चले आन्दोलन सुरू गरेको छ। आज आन्दोलनकारीहरूले सिलगढीको तीनबत्ती मोड़ संलग्न जुनियर हिन्दी हाई स्कूल मैदानमा भेला भएपछि त्यहाँबाट एउटा रेली निकाले। प्राप्त जानकारी अनुसार तिनीहरूको उत्तरकन्या अभियान कार्यक्रम रहे तापनि पुलिसले तिनीहरूलाई तीनबत्ती मोड़मा नै रोकेर अघि बढ्न नदिएपछि संगठनका सदस्यहरूले सड़कमा नै बसेर विरोध प्रदर्शन सुरू गरे।


यसपछि सङ्गठनका पाँच सदस्य प्रतिनिधिमण्डल उत्तरकन्या गएर अधिकारीहरूलाई भेटेर एउटा ज्ञापन चढाए। यस अवसरमा सङ्गठनका संयोजक भाष्कर घोषले भने, विशेष दुई वटा मागलाई लिएर सङ्गठनको पक्षमा धेरै समयदेखि आन्दोलन गरिरहेको छौं। तर राज्य सरकारले अझसम्म यसबारे कुनै प्रकारको सहानुभूति देखाएको छैन। यसैले आन्दोलन सुरू गरेका हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *