बकाया पारिश्रमिक लगायत विविध मागलाई लिएर आँगनबारीका कर्मचारीहरूद्वारा फाँसीदेवाको सीडीपीओ अफिस घेराउ

फाँसीदेवा : बकाया पारिश्रमिक लगायत विविध मागलाई लिएर आँगनबारीका कर्मचारीहरूले फाँसीदेवाको सीडीपीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। पश्चिमबंग आँगनबारी कर्मी सहायिका कल्याण समितिका सदस्यहरूले बकाया पारिश्रमिक, इन्धनको पैसा, सब्जी तथा अण्डाको रुपियाँ सटीक रूपमा नपाएको आरोप लगाउँदै फाँसीदेवा सीडीपीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। पश्चिमबंग आँगनबारी कर्मी सहायिका कल्याण समितिको उत्तरबंगका कन्भेनर मौसमी घोष धरले भनिन्, यस महिना 3 हजार 750 रुपियाँ पारिश्रमिक दिएको छ भने अब 4 हजार 500 रुपियाँ पारिश्रमिक बाँकी रहेको छ। यसबाहेक विविध समस्या रहेको छ। आवास योजनाको सर्वेलाई लिएर कर्मचारीहरूलाई असुविधा भइरहेको छ। यी सबै विषयलाई लिएर आज उक्त विक्षोभ प्रदर्शन गरिएको हो। अर्कोतिर, सीडीपीओ शिखा लामाले सम्पूर्ण घटनामा टेक्निकल समस्या रहेको कुरा स्वीकारिन्। चाँडै यी सबै समस्याहरूको समाधान गरिने तिनले आश्वासन दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *