बकाया वेतनको मागमा सिलगढीमा आशाकर्मी-द्वारा विक्षोभ प्रदर्शन 

सिलगढी : अर्बन इलाकाका आशा कर्मीहरूले बकाया वेतनको माग गर्दै आज सिलगढी नगरनिगमको स्वास्थ्य विभागअघि विक्षोभ प्रदर्शन गरे। आशा कर्मीहरूको आरोप अनुसार गत 2020 सालमा अर्बन इलाकाका सबै आशा कर्मीहरूले काम गरे तापनि तिनीहरूले बकाया वेतन पाएका छैनन्। त्यस समय तिनीहरूलाई काम गरे वापत् तोकिएको पारिश्रमिकभन्दा निक्कै कम्ती पारिश्रमिक दिएको थियो। यसैले आज आशा कर्मीहरूले बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै केही समयसम्म सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याए। अर्बन आशा कर्मी युनियनका संयुक्त संयोजक सरस्वती मुखर्जीले भनिन्, कोरोनाकाल तथा डेङ्गुको समयमा आफूहरू ज्यानको पर्वाह नगरी काम गर्दै आइरहेका छौँ। तर आफूहरूलाई बकाया वेतन दिएको छैन, योग्य सम्मान पनि पाएका छैनौँ। केही दिनको अवधिमा बकाया वेतन भुक्तान नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *