बकरीद-बारे कमिटीका सदस्यहरूसँग जलपाईगढी थानामा बैठक

जलपाईगढी : कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राज्य सरकारले मुस्लिम समुदायका मानिसहरूलाई आफ्नो घर-घरमै ईद उल अजहा (बकरीद) मनाउने अनुरोध गरेको छ। यस सम्बन्धमा आज जलपाईगढी कोतवाली थानामा मस्जिद कमिटी र ईद उदयापन कमिटीका सदस्यहरूलाई लिएर एउटा बैठक सम्पन्न भयो। बैठकपछि कमिटीका सदस्यहरूले कोरोना महामारीको परिस्थितिलाई केन्द्र गरेर शनिबार मुस्लिम समुदायका मानिसहरूले आफ्नै घरमा बकरीदको नमाज पढ्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *