बक्सा बाघ परियोजनामा छोडियो 104 वटा चितल हरिण

अलिपुरद्वार (निसं): बक्सा बाघ परियोजनामा बाघहरूको लागि खाद्य भण्डार सुनिश्चित गर्ने उद्देश्य लिएर बीरभूमको बल्लभपुर अभयारण्यबाट 104 वटा चितल हरिण छोड़िएको छ। आज ती हरिणहरूलाई बक्सा जङ्गलमा छोड़िदिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार धेरै लामो यात्रापछि स्वास्थ्य अवस्थामा हरिणहरूलाई बक्सा जङ्गलमा छोडिएको छ। चारवटा कन्टेनरको माध्यमद्वारा ती हरिणहरूलाई बक्सा बाघ परियोजनामा ल्याएपछि घना जङ्गलमा छोडिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *