बक्सा पहाड़को सुदूरवर्ती गाउँमा बक्सा डुवर्स कम्युनिटी हेल्थ युनिटको उद्घाटन

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बक्सा पहाड अन्तर्गत पर्ने सुदूरवर्ती इलाकाको बक्सा डुवर्स कम्युनिटी हेल्थ युनिटको आज विधिवत् रूपमा उद्घाटन गरियो। भारत स्वतन्त्रपछि बक्सा पहाडमा यो प्रथम हेल्थ युनिटको उद्घाटन गरिएको हो। उक्त क्षेत्रमा कुनै स्वास्थ्य केन्द्र नभएकोले गर्दा यहाँको 13 वटा गाउँका मानिसहरूलाई निक्कै समस्या भइरहेको थियो। रोगीहरूलाई काँधमा बोकेर पहाडको अप्ठ्यारो बाटो हुँदै निक्कै टाढामा पर्ने सन्तालबारीसम्म पुर्‍याइनु पर्थ्यो। यसपछि त्यहाँबाट वाहनको माध्यमद्वारा रोगीहरूलाई अस्पतालमा लैजाने गरिन्थ्यो। हाल यहाँ तीनवटा बेड भएको एउटा हेल्थ युनिट शुरू गरियो भने बक्सा पहाडको कम्युनिटी हेल्थ युनिटको आज अलिपुरद्वारका जिल्लाशासक सुरेन्द्र कुमार मिणाले उद्घाटन गरे। यस अवसरमा कालचिनीका बीडीओ प्रशान्त बर्मन, कालिचिनी ब्लकका स्वास्थ्य अधिकारी डा. सुभाष कुमार कर्मकार लगायत अन्य उपस्थित थिए। जिल्लाशासक सुरेन्द्र कुमार मिणाले भने, हाल उक्त हेल्थ युनिटमा एकजना आशाकर्मी कार्यरत छन् भने हप्तामा एकदिन उक्त युनिटमा एकजना डाक्टर आएर आउटडोर परिसेवा प्रदान गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *