बाल अधिकार र सुरक्षाबारे सुकेपोखरीमा संगोष्ठी

सुकेपोखरी : अनुज्ञालय डीएसएसएस दार्जिलिङको पहलमा सुकेपोखरी थानालाई लिएर बाल अधिकार र सुरक्षाबारे आज गड्डीलाइन हलमा एउटा संगोष्ठी सम्पन्न भयो। चाइल्ड प्रोटेक्सन अफिसर तेजकुमार थापा, डीसीपीयु फुर्बा शेर्पा, सीपीडब्ल्यु दर्शना राई र तेञ्जिङ लेप्चा, सुके थाना प्रभारी ओसी सुदीप कुमार विश्वास, एएसआई ज्योति राई तथा सिभिक भोलेन्टियरको उपस्थितिमा सम्पन्न कार्यक्रममा विषय केन्द्रित विविध पक्षमाथि चर्चा परिचर्चा गरियो। यसको साथै के-कस्तो प्रकारले बाल सुरक्षाको दिशामा अग्रसर हुनपर्ने हो भन्नेबारे पनि छलफल गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *