बालासन बेली ब्रिजमा अबेर राति दादागिरी देखाएर मालवाहक ट्रक पार गराउँदा पुलिससित झमेला

सिलगढी : गत राति लगभग डेढ बजी स्थानीय एकजना मानिसले पुलिसको अघि दादागिरी देखाउँदै जबरजस्ती गरेर मालवाहक ट्रक बालासनको बेली ब्रिज भएर पार गराएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति एउटा मालवाहक ट्रकमा फाइबरको विभिन्न मूर्तिहरू बोकेर बेली ब्रिज पार गरिरहेको समय बालासन ट्राफिक आउट पोस्टको पुलिसले उक्त ट्रकलाई रोक्दा प्रवीर कुमार नाम गरेका एकजना व्यक्तिले पुलिससित झमेला शुरू गरे। प्रवीर कुमार पाल मतिगढा निवासी हुन् भने तिनी पेशाले फाइबरको मूर्ति निर्माता हुन्। घटनाक्रम अनुसार गत राति प्रवीर कुमार पालले एउटा ट्रकमा फाइबरको मूर्ति लोड गरेर नेपाल लैजाने उद्देश्य लिएर मतिगढाबाट ट्रक प्रस्थान गरेपछि बेली ब्रिजमा पुलिसले उक्त ट्रकलाई रोक्दा तिनको पुलिससित भनाभैरी शुरू भयो। तिनले आफू स्थानीय निवासी रहेको दावी गर्दै उक्त बेली ब्रिज भएर नै मूर्ति लादिएको ट्रक पार गराउनेबारे जिद्दी गरे। प्रवीर कुमार पालले ब्रिजमाथिबाट केवल 13 टनसम्मको वाहनहरू मात्र जान सक्ने अनुमति रहेकोले गर्दा उक्त ट्रकमा 3 टन भन्दा अधिक ओजन नभए तापनि पुलिसले ट्रकलाई किन रोकेको भन्दै प्रश्न गरेपछि प्रशासनले सबै मालवाहक गाडीहरूलाई चल्न निषेध गरेको पुलिसले बताए। यसपछि उक्त विषयमा आफूलाई जानकारी नभएको बताउँदै प्रवीर कुमारले कुरामा भुल्लाएर उक्त ट्रक ब्रिजबाट पार गराए। स्मरण रहोस्, बलासनमा बनिएको बेली ब्रिजमा केवल 13 टनसम्म ओजन भएको वाहनहरू मात्र चलाचल गर्ने अनुमति दिएको कुरो पुलिस कमिश्नर गौरव शर्माले उक्त ब्रिजको उद्घाटन गर्न अघि जानकारी गराएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *