सिलगढी : बालासनदेखि सेभोकसम्म एलिभेटेड सड़कको निर्माणको काम मात्र 10 महीनामा पुरा गरिनेछ। सिलगढी, पहाड़ र उत्तर बंगालका मानिसहरूले अब केवल 300 दिन प्रतीक्षा गर्नु पर्नेछ। आज डागापुर मैदानमा केन्द्रीय परिवहन मन्त्रीको कार्यक्रम मञ्चको निरीक्षण गर्न आएका सांसद राजु विष्टले उक्त वक्तव्य दिएका हुन्। आगामी 17 नोभेम्बरमा केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले सिलगढीको डागापुर मैदानमा आयोजित एउटा कार्यक्रमको माध्यमद्वारा बालासनदेखि सालुगढा आर्मी क्याम्पसम्मको एलिभेटेड सड़क निर्माण परियोजनाको शिलान्यास गर्ने भएका छन्। यसैको लागि डागापुर मैदानमा मञ्च बनाइरहेकोले गर्दा आज सांसद राजु विष्ट उक्त मञ्चको निरीक्षण गरे। यस अवधि तिनले भने, उक्त दिन पहाड़ लगायत सिलगढीका मानिसहरूको लागि ऐतिहासिक दिन हुनेछ। यस दिन बालासनदेखि सेभोकसम्म एलिभेटेड सड़कको निर्माण कार्यको शिलान्यास गरिनेछ।