बालसानको बिरामी आशिष राईलाई 10 हजार आर्थिक सहयोग

सोनादा (निसं): आशारिका फाउन्डेसन सोनादा रंगबूललाई एकजना रंगबूलका शुभचिन्तकले 10 बजार रूपियाँ दिएपछि उक्त रूपियाँ आज बालसान चियाबारीका बिरामी आशिष राईलाई आर्थिक सहयोग गर्दै प्रदान गरेको छ। आशिष राईको परिवारमा वहाँको आमाले केही काम गरेर बिरामी छोरोको हेरचार गर्नु हुन्थ्यो। वहाँहरुको दुःख अवस्था देखेर आशारिका फाउन्डेसन सोनादा रंगबूलद्वारा आर्थिक सहयोग गरिदिने घोषणा गरिएको थियो। आजको कार्यक्रममा आशारिका फाउन्डेसनका सभापति रित्विक तामाङ, सचिव रुपेश छेत्री र फाउन्डेसनका सदस्य शरण कुमार लिम्बु, सुश्री रिधीमा तामाङ र श्रीमती अमिना थापा उपस्थित थिए। अन्तमा आशारिका फाउन्डेसन-ले क्यान्सर बिरामीहरुलाई मात्र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। यो मोठ रकम 10 हजार रूपियाँ आज तिनको आमाको हातमा हस्तान्तरण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *