बालासनमा खुल्ला फुटबल प्रतियोगिता शुरू

सुकेपोखरी: बालासन बस्ती डाँड़ागाउँ समर्पण र गोर्खा समाज शारदा संघको संयुक्त तत्वावधानमा खुल्ला फुटबल प्रतियोगिता 2020 स्वर्गीय मनबहादुर पहरी, ललिमाया पहरी स्मारक कप एवं नगद राशि प्रतियोगिताको पहिलो खेल रंगारग कार्यक्रमबीच आरम्भ गरियो । दावा छिरिङ शेर्पाको सभापतित्व समपन्न कार्यक्रममा मुख्य अतिथि दानु शेर्पा तथा विशिष्ट अतिथिहरूका रूपमा विभिन्न सङ्घ संस्था, समाजका सभापति, सचिवहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको प्रथम म्याच चामोङ गाइस बनाम बालासन गैरी गाउँ भएको थियो, जसमा चामोङ गाइस 1-0 गोलले विजयी बन्यो। यसैगरी दोस्रो खेलमा चामुङ युनाइटेडले 1-0 गोलले गैरी गाउँ जुनियरलाई पराजित गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *