बालासन मार्गेट्सहोप रिङटाङ क्षेत्रको लागि स्वास्थ्य सामग्रीहरू प्रदान

सुकेपोखरी: बुद्ध लाइट इन्टरनेशनल एसोसिएसन दार्जिलिङ तथा हिल पिपल वेलफेयर फाउण्डेसनको संयुक्त प्रयासमा आज बालासन मार्गेट्सहोप रिङटाङ क्षेत्रमा स्वास्थ्य सम्बन्धित सामग्रीहरू अक्सिजन कनसन्ट्रेटर, अक्सिमिटर, ग्लुकोमिटर, मास्क, ह्यान्ड सेनिटाइजर आदि त्यस ठाउँमा काम गरिरहेका व्यक्ति सुमित देवानलाई दार्जीलिङ सेक्टर सचिव नीमा ग्याम्सो शेर्पाको हातबाट प्रदान गरियो। सङ्गठनले कोभिड 19 को यस महामारीमा विशेष रूपले बाटो-घाटोको असुविधा भएको विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धी उपकरण प्रदान गर्नको साथै बजारका कतिपय स्थानमा खानाको व्यवस्था गर्दै आइरहेको सचिव शेर्पाले बताए। तिनीहरूको यस कार्यमा गुरूजी किपा शेर्पा भान्तेको विशेष सहयोग रहेकोले तिनीप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *