बाल-बालिकाहरूलाई अध्ययन सामग्रीसहित विश्वकोष प्रदान

खरसाङ (निसं) : क्राई (एनजीओ) रोहिणीले चिया बगानका 44 जना बाल-बालिकाहरूलाई अध्ययन सामग्रीसहित विश्वकोष (encyeclopedia) पुस्तकहरू वितरण गरे। खरसाङ सव डिभिजनका स्कुल इन्स्पेक्टर रोशनी सार्कीले पनि केन्द्रको भ्रमण गरेर बाल-बालिकाहरूलाई शिक्षाको महत्वबारे सन्देश दिँदै वक्तव्य राखिन्। यस अवसरमा रोहिणीको सन्त जोहन बोर्डिङ स्कूलका प्राचार्य मिलन रसाइली अनि रोहिणी इंगलिश स्कुलकी शिक्षिका अम्बिका तामाङ साथै समाजसेवी जेसिन्ता थापाको विशेष उपस्थिति रहेको थियो। सल्लाहकार शिक्षिका पूजा कालिकोटेले सम्पूर्ण अतिथि तथा बाल-बालिकाहरुलाई सम्पूर्ण क्राई एनजीओ वहदामको पक्षबाट धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *