बालदिवसको अवसरमा आईसीडीएस अनि आशा कर्मीहरूलाई सम्मान

मङ्पू: रंगली रंगलीयट ब्लक अन्तर्गत मङ्पूको लाब्दा ग्राम पञ्चायतको लाब्दा बस्ती क्षेत्रका आईसीडीएस अनि आशा कर्मीहरुले आज बाल दिवसको अवसरमा स्थानीय नानीहरुलाई मिठाई साथै उपहार प्रदान  गरे। लाब्दा बस्ती आईसीडीएस-का कर्मचारी दिदी-बहिनीहरूको पहलमा स्थानीय जन मैदानमा नानीहरुलाई एकै ठाउँमा भेला गरेर उपहार प्रदान गरे। यसैगरी, आज बाल दिवसको अवसरमा गत कोविदको समयमा गाउँबाट खट्ने स्थानीय आईसीडीएस अनि आशा कर्मीहरुलाई अजम्बरी खेलकुद समितिले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *