बालिकालाई अपहरणको प्रयास गर्ने युवकको गुणधुलाई

मालदा : विवाह समारोहमा एउटी बालिकालाई अपहरण गर्ने प्रयास गरेको आरोपमा एकजना व्यक्तिलाई गणधुलाई गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना इङ्ग्लिशबजारको 34 नम्बर राष्ट्रिय राजमार्ग संलग्न बुड़ाबुड़ीतला इलाकामा घटेको हो। घाइते युवकको मालदा मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। प्राप्त जानकारीअनुसार उक्त इलाका निवासी छोटन सिंहको घरमा विवाह समारोह रहेकोले गर्दा सबैजना आफ्नै काममा व्यस्त थिए। यसै समय छोटन सिंहको भान्जीलाई उक्त युवकले बोकेर लाँदै गरेको स्थानीय मानिसहरूले देखेपछि पक्रेर गणधुलाई गरेको बताइएको छ। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर युवकलाई हिरासतमा लिनको साथै तिनलाई उपचारको निम्ति मालदा मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेको छ। यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom