बालिकालाई लट्टाएर लैजाने प्रयास गरेको आरोपमा साधुहरू पक्राउ

खरसाङ: खरसाङ क्षेत्रमा साधुहरू आएर घरको मान्छेलाई लट्टाएर बालिकालाई लैजाने प्रयास गरेको जानकारी प्राप्त भएको छ। आरोपी साधुहरूलाई खरसाङ पुलिसले हिरासतमा लिएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान 8.30 देखि 9 बजेको समय खरसाङको अप्पर नयाँ बस्ती क्षेत्रमा केही साधुहरू भिख माग्दै घुमिरहेको र अमृता राणा नाम गरेको महिलाको घरमा पुगेर तिनलाई लट्टाएर सानी बालिका छोरीलाई साधुले लगेको जानकारी प्राप्त भएको छ। तर गाउँका मानिसहरूले देखेर नानीलाई साधुको हातबाट खोस्न सफल भएको र गाउँका एकजना युवाले साधुहरूलाई पिछा गर्दै आएर खरसाङ पुलिस थानामा जानकारी दिएपछि साधुहरूलाई पुलिसले पक्राउ गर्न सफल भएको छ। पुलिसले ती साधुहरूलाई थानामा लगेर केरकार गरिरहेको जानकारी प्राप्त भएको छ।

यस घटना विषयमा खरसाङ बजारमा पत्रकारहरूसित कुराकानी गर्दै अमृता राणाले साधुहरू बिहान लगभग 8.30 देखि 9 बजेतिर घरमा साई रामभन्दै भिख माग्दा आफूले पनि दश रुपियाँ दिएको तर भिख दिएको समय साधुको आँखामा हेर्दा हेरेको हरेको भएको अनि अलमल्ल परेको बताइन्। तिनले बताए अनुसार पछिबाट साधुले जड़ी बुट्टी देखाएर 1800 (अठार सय) लाग्ने बताएकोले 2000 (दुई हजार) दिएको अनि 200 रुपियाँ फर्काउनको लागि खुजरा नहुँदा छोरीलाई साट्नु पठाएको तर उतैबाट साधुले छोरीलाई लगेको तर आफूलाई केही याद नभएको र छोरीलाई पनि केही याद नभएको बताइन्। त्यसरी नै नानीले पनि पत्रकारहरूलाई जानकारी गराए अनुसार आफुलाई केही थाहा नभएको अनि साधुहरूले बाटो सोधेको मात्रै याद भएको बताएकी छन्। अर्कोतिर नानीलाई साधुहरूले लगिरहेको देखेर गाउँलेहरूले नानीलाई छुट्टाएको बताइएको छ। ती साधुहरूलाई पुलिसले सोधपुछको लागि खरसाङ पुलिस थाना लगेर गएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes