बाल श्रम विरुद्ध रोहिणीमा जनचेतनामूलक र्‍याली

खरसाङ (निसं) : खरसाङको रोहिणीस्थित क्राई एनजीओ-को आयोजनामा रोहिणी चिया बगानमा विश्व बाल श्रम निषेध दिवस  गरियो। यस अवसरमा रोहिणी चियाबारीका बाल-बालिकाहरूले रोहिणी टोल प्लाजादेखि रोहिणी झील परिसरसम्म बाल श्रम विरुद्ध जनचेतना मूलक र्‍याली निकाले। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाडीधुरा पुलिस आउट पोष्ट ओसी सदानन कुमार झा उपस्थित थिए।


नानीहरूलाई प्रोत्साहन र जनचेतनाको लागि र्‍याली निकाल्नको साथै उक्त ऱ्यालीमा स्वयम् ओसी सदानन कुमार झाको पनि उपस्थिति रहेको थियो। यस अवसरमा क्राई एनजीओ-का कन्सल्टेन्ट शिक्षिका पूजा कालीकोटेले सम्पूर्ण समाजलाई सन्देश दिँदै हरेक बाल-बालिकाहरुलाई समान शिक्षाको अधिकार दिनुपर्छ, सभ्य समाज निर्माणको पहिलो सिढ़ी नै सबैले शिक्षा पाउनुपर्छ भनी बताइन्। हामीले बालश्रम बन्द गर्नुपर्छ किनभने नानीहरू भोलिको भविष्य हुन् भनी तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *