बाल श्रम उन्मूलनबारे जनचेतना फैलाउन र्‍यालीको आयोजना

सुकेपोखरी : अनुज्ञालय दार्जिलिङ डीएसएसएस पोख्रेबुङ युनिटले बाल श्रम उन्मूलनबारे जनचेतना फैलाउन विविध कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ। यसै क्रममा आज सीपीडब्ल्यु दर्शना राई र तेञ्जिङ लेप्चाको अगुवाईमा यहाँको पाँचवटा चिल्ड्रेन क्लबलाई लिएर दोस्रो चरणको ऱ्याली आयोजना गरियो। विशेष पोख्रेबुङ लगायतका क्षेत्रमा पनि बाल श्रमिक रहेको सम्भावना हुनसक्ने विषयलाई लिएर उन्मूलनको निम्ति उक्त अभियान चलाएको बताइएको छ। सौहार्द्रपूर्ण रूपमा गरिएको यस प्रक्रियाबाट पनि बालश्रम यथावत रहेको खण्डमा उन्मूलनको निम्ति अन्य प्रकल्प शुरू गर्ने चिल्ड्रेन क्लबका प्रतिनिधिहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *