बाल श्रम अनि बाल सुरक्षाबारे सिलगढी नगर निगममा बैठक

सिलगढी (निसं): बाल श्रम तथा बाल सुरक्षालाई लिएर मेयर गौतम देवले आज सिलगढी नगर निगममा एउटा महत्वपूर्ण बैठक गरे।  उक्त बैठकमा पुलिस प्रशासन, स्कूलका शिक्षक-शिक्षिका, सरकारी कार्यालयका अधिकारीगण अनि विभिन्न समाज सेवी संस्थाका सदस्यहरू उपस्थित थिए। बैठकमा बाल श्रमलाई रोक्न अनि बाल सुरक्षाको लागि विभिन्न योजनाबारे चर्चा गरियो।


यस अवसरमा मेयर गौतम देवले भने, बाल सुरक्षालाई लिएर एउटा नयाँ कमिटी गठन गरेको छ। आज यस कमिटीसित सम्बन्धित विषयमा चर्चा-परिचर्चा गरियो। पहिलो चरणमा सडकका नानीहरू अनि गरिब नानीहरूलाई चिन्हित गरिनेछ। त्यसपछि तिनीहरूलाई समाजमा शिक्षित गर्ने प्रयास गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *