बलुवा बोकेको ट्रकले किच्चाएर महिलाको मृत्यु, इलाकामा उत्तेजनाको माहौल

सिलगढी : बलुवा बोकेको ट्रकले किच्चाएर एउटी महिलाको मृत्यु भएको छ। उक्त घटनाले सिलगढी मतिगढाको बीटी रनदीप कोलनी इलाकामा उत्तेजनाको माहौल देखापर्यो। मृतक महिला कल्याणी माल्य दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान घर अघि ट्रक बलुवा अनलोड गर्न आएको समय ट्रक ब्याक गर्ने क्रममा यसको पछिल्तिरको चक्काले किच्चाएर उक्त महिला गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि तिनको मृत्यु भएको बताइएको छ। घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ भने आक्रोशित बनेका स्थानीय मानिसहरूले उक्त ट्रक तोडफोड गरिदिएको छ। घटनाको खबर पाएर मतिगढा थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर ट्रक आफ्नो नियन्त्रणमा लिनको साथै उक्त ट्रकको चालकको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *