बालुवा तस्करी रोक्न जाँदा पुलिसको वाहनमा आगो लगाइदिएको घटनाका अझ 1 जना पक्राउ

सिलगढी : रातिको अँध्यारोमा फाँसीदेवाको चेङ्गा नदीमा बालुवा तस्करी रोक्न जाँदा पुलिसको वाहनमा आगो लगाइदिएको घटनाका अझ एकजना बालुवा माफियालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी फाँसीदेवाको ताराबारी निवासी 28 वर्षीय अन्जीब टोटोको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, पुलिसको वाहनमा आगो लगाइदिएको आरोपमा गत शुक्रबार राति पुलिसले आशिष बाकला र सञ्जीव तिर्कीलाई पक्राउ गरेको थियो। जाँचमा जुटेका पुलिसले अझ एकजनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। गत बिहिबार फाँसीदेवाको चेङ्गा नदीबाट बालुवा तस्करी भइरहेको गोप्य सूचना पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाउँदा बालुवा माफियाहरूले उल्टै पुलिसको वाहनमा आगो लगाइदिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *