वाम-कङ्ग्रेस प्रार्थी दिलीप सिंहले गरे फुलबारीमा चुनाउ प्रचार

राजगञ्ज : वाम मोर्चाको संयुक्त प्रार्थी घोषित भएपछि दिलीप सिंहले फुलबारी विधानसभा क्षेत्रमा आजदेखि चुनाउ प्रचार शुरू गरे। तिनले आज डाबग्राम विधानसभा क्षेत्रको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने आमायदिघी इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गरे। पत्रकारहरूसित कुराकानी गर्दै दिलीप सिंहले आज बिहानैदेखि फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने आमायदिघी इलाकाको घर-घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी गरे भने मानिसहरूले आफूलाई राम्रो प्रतिक्रिया दिएको बताए। पेट्रोल-डीजलको मूल्य वृद्धिलाई लिएर मानिसहरूमा क्षोभ देखा परेको तिनले बताए। उक्त इलाकाका विधायकले आफ्नो वाचाहरू पुरा नगरेकोले गर्दा त्यहाँका मानसिहरूले सीपीएम पार्टीलाई मतदान गरेर विजय बनाउने दावी गर्दै विपुल मतदानले आफू विजयी हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetJojobetzenbetPerabetperabetjojobet Built with ❤︎ by appycodes