वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले गरे सिलगढीको 24 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : 2021-को विधानसभा चुनाउ मुखैमा रहेकोले विभिन्न राजनैतिक दलका नेताहरू युद्ध स्तरमा चुनाउ प्रचारमा लागिपरेका छन्। यसै क्रममा आज सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस गठबन्धन प्रार्थी अशोक भट्टाचार्यले पैदल हिँडेर सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा चुनाउ प्रचार गरे।


अशोक भट्टाचार्यले आज पार्टीका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर सिलगढीको 24 नम्बर वार्डस्थित प्रान्तिक पल्लीमा चुनाउ प्रचार गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले भाजपाको खोइरो खन्दै अमित शाहले जन समर्थकहरूको अभावमा 3 वटा सभा रद्द गर्न परेको बताए। आगामी दिनमा बङ्गालमा भाजपा अनि तृणमूल कङ्ग्रेस दुवैको पतन भएर जाने निश्चित रहेको कुरा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *