वाम-कङ्ग्रेस संयुक्त कमिटीद्वारा मेडिकल सुपरलाई ज्ञापन

सिलगढी : वाम-कङ्ग्रेस संयुक्त कमिटीले आज 15 सुत्रीय मागलाई लिएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सुपरलाई एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा धेरै दिन अघिदेखि बन्द अवस्थामा रहेको सिटी स्क्यान मसिन पुनः शुरू गरिनुपर्ने लगायत 15 सुत्रीय मागलाई लिएर आज वाम-कङ्ग्रेस संयुक्त कमिटीले मेडिकल सुपरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। यस अवसरमा सीपीआईएम जिल्ला सचिव जीवेश सरकार, जिल्ला कङ्ग्रेस सभापति शङ्कर मालाकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *