वामफ्रन्टद्वारा बङ्ग्लाका कवि सुकान्त भट्टाचार्यको 96औँ जन्म जयन्ती पालन

सिलगढी : कवि सुकान्त भट्टाचार्यको जन्म 15 अगस्त 1926-मा भएको थियो। बङ्ग्लाका कवि सुकान्त भट्टाचार्यको हिजो 96औँ जन्म जयन्ती रहेकोले आज वामफ्रन्टको तर्फबाट सुकान्त भट्टाचार्यको जयन्ती मनाइयो। वामपन्थी नेता अशोक भट्टाचार्यले सिलगढी नगरनिगमको 32 नम्बर वार्डको सुकान्तपल्ली इलाकामा कवि सुकान्त भट्टाचार्यको सालिगमा फुल माला लगाएर श्रद्धाञ्जलि  अर्पण गरे। यस अवसरमा 32 र 33 नम्बर वार्डका पूर्व पार्षद तापस च्याटर्जी र असीम साहा लगायत अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *