वामफ्रन्ट-द्वारा सिलगढीमा गाँधीजीको 74औँ पुण्यतिथि पालन

सिलगढी : गाँधीजीको 74औँ पुण्यतिथिको उपलक्ष्यमा दार्जिलिङ जिल्ला वामफ्रन्टले गाँधीजीको सालिगमा माल्यार्पण गर्नको साथै धरना प्रदर्शन गर्यो। वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, जीवेश सरकार लगायत अन्य वाम नेताहरूले गाँधीजीको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि तिनीहरूले धर्म निरपेक्षताको रक्षा गर्ने उद्देश्य लिएर एक घण्टाव्यापी धरना प्रदर्शन गरे। यस अवसरमा अशोक भट्टाचार्यले बताएअनुसार आजको दिन देशव्यापी रूपमा शहीद दिवसको रूपमा पालन भइरहेको छ। यसैले गर्दा दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट सिलगढीको प्रमुख डाक अघिल्तिर गाँधीजीको सालिग नजिक शहीद दिवस पालन गरेको हो। यसको साथै देशमा धर्म निरपेक्षता तथा एकतालाई बचाई राख्ने उद्देश्य लिएर एक घण्टाव्यापी धरना प्रदर्शन गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *