वामफ्रन्टकै नीति तृणमूलले पहाडमा अप्नाइरहेको छ : सांसद राजु विष्ट

सिलगढी : 2021-मा बङ्गालमा भाजपाको सरकार गठन हुने दावी गर्दै यसपछि राज्यमा मानिसहरूको निम्ति चौतर्फी विकास गरिने छ भनी दार्जिलिङका सांसद राजु विष्टले बताए। आज सिलगढीको पथरघट्टा इलाकामा आयोजित एउटा सांगठनिक कार्यक्रमलाई सम्बोधन गर्दै तिनले चुनाउ अवधि केही राजनीतिक दलका नेताहरूले विभिन्न प्रलोभन देखाएर चुनाउ जितेपछि मानिसहरूको समस्यालाई अवहेलना गर्दै आइरहे तापनि भाजपा सत्तामा आएपछि यहाँको समस्याहरूको समाधान गरिदिने आश्वासन दिए। केन्द्र सरकारले विशेष गरेर चियाकमानमा कार्यरत श्रमिकहरूको न्यूनतम मजदुरी एक्ट संसदमा पारित गरिसकेकोले अब चाँडै श्रमिकहरूले कम्तीमा पनि दैनिक 3 सय रुपियाँ गरेर हाजिरा पाउने तिनले बताए।


 

यसैगरी, अन्य विभिन्न प्राइभेट सेक्टरमा काम गर्ने श्रमिकहरूले पनि समान वेतन तथा समान अधिकार पाउनेछन् भनी तिनले बताए। यस अवसरमा स्थानीय धेरैजना आवश्यकमन्द मानिसहरूलाई सांसद राजु विष्टले कम्बल वितरण गरे। अर्कोतिर, पहाडको राजनीति तथा बिमल गुरूङ पहाड फर्किआएको विषयमा सोधिएको प्रश्नको जवाफमा तिनले भने, वामफ्रन्ट सरकारमा पहाडमा जुन प्रकारको नीति अप्नाएर अशान्त बनाएको थियो त्यहीँ नीति अहिले तृणमूल सरकारले पनि अप्नाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *