वामफ्रन्टले बोलाएको बन्दको एनजेपी स्टेसनमा देखिएन प्रभाव

सिलगढी : वामफ्रन्टले बोलाएको आज 12 घण्टाव्यापी हड़तालको सिलगढी एनजेपी स्टेशनमा कुनै प्रभाव देखिएन। गत बिहिबार नवान्न अभियान अवधि वाम र कांग्रेसका छात्र संगठनमाथि पुलिसद्वारा गरिएको बर्बरतापूर्वक लाट्ठीचार्जको विरोध जनाउँदै आज विभिन्न वाम संगठनहरूले बंगालमा 12 घण्टा बन्द बोलाएको छ। तथापि, यस बन्दको एनजेपी स्टेसनमा आज दिउँसो कुनै प्रभाव देखापरेन। आज बिहानैदेखि स्थिति सामान्य देखियो भने एनजेपी स्टेसनमा वाहनहरूको चलाचल सामान्य रह्यो। एनजेपी स्टेसनका वाहन चालकहरूले उक्त बन्दलाई पालन नगर्ने साथै सदा झैँ आज पनि वाहनहरू चलाउने बताए। लकडाउनले गर्दा धेरै समयदेखि तिनीहरूको काम बन्द रहेकोले हाल स्थिति विस्तारै सामान्य बनेपछि फेरि यस प्रकारको बन्दलाई पालन नगर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *