वामफ्रन्टले सिलगढी नगरनिगम चुनाउमा कांग्रेससँग गठबन्धन गर्ने घोषणा

सिलगढी : आउँदो सिलगढी नगरनिगमको चुनाउमा तृणमूल कांग्रेस अनि भाजपालाई पराजित गर्नको लागि वामफ्रन्टले कांग्रेससँग मिलेर चुनाउ लड्ने योजना रहेको छ। सिलगढीमा पत्राकारहरूसित कुराकानी गर्दै सीपीएमका राज्य सचिव सूर्यकान्त मिश्राले यसबारे जानकारी दिएका छन्। आगामी नगरनिगम तथा नगरपालिका चुनाउलाई केन्द्र गरेर वामफ्रन्टले सभाहरूको माध्यमद्वारा सांगठनिक गतिविधिहरू तीव्र पार्दै गइरहेको तिनले बताए। गत चुनाउहरूमा एकमात्र विपक्षी दल तृणमूल कांग्रेस रहे तापनि यसपल्टको चुनाउमा भाजपा पनि एउटा प्रमुख फ्याक्टर रहेकोले गर्दा नै यी दुवै दलका उम्मेद्वारहरूलाई पराजित गर्नको लागि वामफ्रन्टले आउँदो चुनाउमा केही राजनैतिक दलहरूसित गठबन्धन गरेर चुनाउ लड्ने निर्णय लिएको तिनले बताए। तिनले सिलगढी नगरनिगमलाई वामफ्रन्टको हातबाट फुस्किन नदिनको लागि तृणमूल तथा भाजपालाई पराजित गर्न सबैसँग आहवान गर्दै यसको निम्ति सबैलाई एक हुने अपील गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *