वामफ्रन्ट र कांग्रेसले मनायो संविधान बचाऊ दिवस

सिलगढी : भारतीय संविधानलाई बचाउने उद्देश्य लिएर वामफ्रन्ट र कांग्रेसले मिलेर आजको दिनलाई संविधान बचाऊ दिवसको रूपमा पालन गर्यो। यस अवसरमा कांग्रेस नेता तथा नक्सलबारी विधायक शंकर मालाकारले केन्द्रका वर्तमान सरकारले भारतीय संविधानको उल्लङ्घन गरेको आरोप लगाउँदै आरएसएसको संविधान ल्याउन चाहेको बताए। यसैले गर्दा नै कांग्रेस र वामफ्रन्ट मिलेर भारतीय संविधानको रक्षा गर्न हेतु यसप्रकारको पहल गरेको तिनले बताए। यसको साथै तिनले एनआरसी, एनपीआर र सीएए-को विरोध जनाए। सिलगढी नगरनिगमका मेयर तथा विधायक अशोक भट्टाचार्यले यस प्रकारको कार्यसूची आज सर्वभारतीय स्तरमा पालन गरिरहेको बताए। तिनले केन्द्र सरकार तथा राज्य सरकारको नीतिहरूको पनि खुलेर आलोचना गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *