वामपन्थी नेता अनिल साहाको निधन

सिलगढी वामपन्थी नेता अनिल साहाको आज 84 वर्षको उमेरमा निधन भयो। वृद्धा अवस्थाको कारण तिनी विभिन्न रोगले ग्रसित भएकोले सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको थियो जहाँ तिनको निधन भयो। तिनी धेरै समयसम्म सिलगढी महकुमा परिषदका सभाधिपति थिए। तिनको निधनको खबर पाएपछि सिलगढीका विधायक शंकर घोष, भाजपा नेता नान्टु पाल लगायत तृणमूल कार्यकर्ताहरू तिनको अन्तिम दर्शन गर्नको साथै श्रद्धाञ्जलि अर्पण गर्न पुगे। तिनको पार्थिव शरीर तिनको आवासबाट सोझै सिलगढी महकुमा परिषद लगेपछि त्यहाँबाट तिनको पार्थिव शरीर हिलकार्ट रोडस्थित सीपीएम पार्टी कार्यालयमा लगियो। जहाँ वामपन्थी नेता अशोक भट्टाचार्य तथा अन्य नेताहरूले तिनको अन्तिम दर्शन गर्दै श्रद्धाञ्जलि अर्पण गरे। अशोक भट्टाचार्यले तिनको निधनमा गहिरो शोक व्यक्त गर्दै दिवङ्गत अनिल साहाले केवल राजनीतिमा मात्र नभएर सिलगढी महकुमाको विकास कार्यहरूमा पनि महत्वपूर्ण योगदान दिएका थिए। तिनको निधनले राज्यको राजनीतिमा धेरै क्षति पुगेको भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *