वामपन्थी नेता अशोक भट्टाचार्यले वर्तमान नगरनिगम बोर्डको कार्य प्रणालीको गरे आलोचना

सिलगढी : विकासको वाचा गर्ने वर्तमान नगरनिगम बोर्डले मानिसहरूलाई धोका दिइरहेको पूर्व मेयर तथा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्यले आरोप लगाएका छन्। आज पत्रकारहरूसित कुराकानी गर्दै तिनले यस प्रकारको मन्तव्य पोखे। दार्जिलिङ जिल्ला वामफ्रन्टले आगामी 15 सेप्टेम्बरको दिन महकुमा परिषदको अभियान र 23 सेप्टेम्बरमा नागरिक सम्मेलनको आयोजना गर्ने भएको छ। वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य र सीपीएमका जिल्ला सचिव जिबेश सरकारले आज संयुक्त रूपमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान सिलगढी नगरनिगम बोर्डको कार्यहरूबारे आलोचना गरे। वर्तमान नगरनिगम बोर्डले कुनै विकास कार्य नगरेर केवल ठुल्ठुला वाचा मात्र गर्दै  सहरवासीहरूलाई धोका दिइरहेको गम्भीर आरोप लगाए। अर्कोतिर, सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले अशोक भट्टाचार्यको उक्त टिप्पणीलाई कुनै महत्व नदिएर तिनको सुस्वास्थ्यको कामना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *